दोस्रो थारु तथा माघी महोत्सव हेटौंडामा 

हेटौडा न्युज
२६ पुष २०७६, शनिबार २०:४८
;

माघ १ गते दोस्रो थारु तथा माघी महोत्सव हेटौंडामा हुने भएको छ । थारु समुदायले उल्लासका साथ हेटौंडामा मनाईदै आएको पर्व यो वर्ष पनि आयोजना गर्न लागिएको हो । 

थारु समुदायको संस्कृति र परम्परालाई जोगाउने उदेश्यले महोत्सवको आयोजना गरिएको माघी महोत्सव मूल समारोह समिति संयोजक हरिलाल चौधरीले जानकारी दिएका छन् । 

महोत्सव सञ्चालन गर्न ५ लाख ५० हजार खर्च लाग्ने चौधरीले बताए । अनुमानित ५ हजार जनाले महोत्सवको अवलोकन गर्ने आयोजकले जनाएको छ । 

महोत्सवमा थारु सस्कृतिको पहिचानको रुपमा रहको थारु नाच, थारु जातीको इतिहास समेटेका विषयहरु, हस्तकला, थारु खानाको विशेष परिकारहरु रहनुका साथै महोत्सवमा स्थानीय तथा बाह्य थारु कलाकारको कला देखाईने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*