प्रहरी हवल्दारले आफ्नै कन्चेटमा गोली हानी गरे आत्महत्या
जाजरकोटमा एक प्रहरी हवल्दारले आफ्नै कन्चेटमा गोली हानी आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय डल्लीमा कार्यरत भोजबहादुर कठायतले आइतबार बिहान ७ बजेतिर आफैंलाई गोली हानेर आत्महत्या गरेको हो ।
घुमुवा प्रहरीको रुपमा कार्यरत रहेका कठायत हालैमात्र डोल्पाबाट काजमा जाजरकोट आएका थिए ।
उनले आत्महत्या गर्नुको कारण खुलेको छैन । घटनाको अनुसन्धानका लागि जिल्ला सदरमुकामबाट प्रहरीको टोली पठाइएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।