धुलीखेललाई तिन मत, हेटौंडालाई राजधानी तोक्न मतदान प्रकृया सुरु
भ्रेको धुलीखेल राजधानी तोकियोस् भन्ने प्रस्तावमा जम्मा तिन मत परेको छ । सभामुख सानु कुमार श्रेष्ठले काभ्रेको धुलीखेल राजधानी तोकियोस्भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा धुलिखेलको पक्षमा तिन मत र विपक्षमा १ सय १ मत परेको थियो ।
धुलिखेलको पक्षमा प्रदेश सभा सदस्य संख्याको दुई तिहाई नपुगे पछि काभ्रेको धुलीखेल राजधानी तोकियोस् भन्ने प्रस्ताव बदर भएको छ ।
विवेकशील नेपाली दलका रमेश पौड्याललाई प्रस्ताव फिर्ता लिन सभामुखले समय दिदा उनले प्रस्ताव फिर्ता नलिएपछि मत विभाजन भएको थियो ।
अब मकवानपुरको हेटौंडालाई प्रदेशको राजधानी तोकियोस् भन्ने प्रस्तावमा मतदान प्रकृया अघि बढाईएको छ ।
मुख्य मन्त्री डोरमणी पौडेलले हेटौंडालाई प्रदेशको राजधानी तोकियोस् भन्ने प्रस्ताव फिर्ता लिन सभामुखले समय दिदा उनले प्रस्ताव फिर्ता नलिएपछि मतदान हुन लागृको हो । हेटौंडाको पक्षमा मतदान गर्नेहरु पक्षको लाइनमा रहनुपर्ने छ ।