प्रदेश ३ को नाम बागमती घोषित, बागमतीको पक्षमा १ सय ८ मत 

हेटौडा न्युज
२७ पुष २०७६, आईतवार १८:१५
;

प्रदेश ३ को नाम बागमती नै घोषित भएको छ । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा प्रदेश ३ को नाम बाग्मती राख्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मतदानको मत परिणाम अनुसार प्रदेश ३ (हेटौंडा)को नाम बागमती रहेको हो । 

मतपरिणाम अनुसार बागमती नामको पक्षमा १ सय ८ मत परेको थियो । प्रदेश सभा सदस्यको दुई तिहाई मत हुन जम्मा ७४ मत आवश्यक पर्छ ।

यसअघि प्रदेशको राजधानी १ सय ५ मतका साथ हेटौंडा कायम हुने भइसकेको छ । प्रदेश ३ को प्रदेश सभा सदस्य १ सय १० मध्ये उपस्थित १ सय ८ जनाको सतप्रतिशत मतले बागमती नामाकरण घोषणा गरेका हुन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*