राजीनामा दिन्न, जे गर्ने हो गर्नुस् : उपसभामुख तुम्बाहाम्फे
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले गरेको राजिनामाको आग्रहलाई सभामुख डा. शिवमाया तुम्बाहाम्फेले दोस्रो पटक पनि अस्वीकार गरेकी छन् ।
सभामुखको उम्मेदवार चयनका लागि राजीनामा आवश्यक रहेको भनेर नेताहरुले सम्झाएता पनि तुम्बाहाम्फेले सभामुखमा आफूलाई उम्मेदवार बनाउनुपर्ने अडान दोहोर्याउँदै राजीनामा नगर्ने प्रष्ट पारेको स्रोतले जनाएको छ । उनी राजीनामा दिन्न भनेर हिँडेको बालुवाटार स्रोतले जनाएको छ ।
सचिवालय बैठकको निर्णयसमेत नमानेपछि दुवै नेताले उनलाई आइतबार विहान बालुवाटारमै बोलाएर छलफल गरेका थिए ।
अहिलेसम्म सभामुख कसलाई बनाउने भनेर व्यक्तिमा छलफल भएको छैन । बाहिर आएका हल्लाको कुनै अर्थ छैन । तर उपसभामुखले म राजीनामा दिन्न भनेर हिँडेपछि परिस्थिति अलि पेचिलो बन्दै गएको स्रोतले जनाएको छ ।