अत्यधिक लागूऔषध सेवनबाट एक युवकको मृत्यु 

हेटौडा न्युज
२७ पुष २०७६, आईतवार २०:४२
;

अत्यधिक लागूऔषध सेवनबाट एक जनाको मृत्यु भएको छ । पूर्वी नवलपरासीमा देवचुली नगरपालिका-३ का २६ वर्षीय सुमन घर्तीको अत्यधिक लागूऔषधका कारण मृत्यु भएको हो । युवकको शव देवचुली-१५ प्रगतिनगर लोकाहा पुलदेखि दक्षिणपट्टी भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

घर्तीको शरीरमा सुईका निशानहरु रहेको र केही मात्रामा लागूऔषध पनि बरामद भएको प्रहरीले जनाएको छ । पोष्टमार्टमका लागि शव प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली पठाइने अस्थायी प्रहरी पोष्ट दलदलेले जानकारी दिएको छ ।

घटनाको विस्तृत विवरण शवको पोष्टमार्टमपछि मात्रै आउने प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*