जिल्ला न्यायाधीश नियुक्ति त्रुटीपुर्ण, निर्णय बदर गर्न अदालतमा रिट

हेटौडा न्युज
२८ पुष २०७६, सोमबार १८:१८
;

न्याय परिषद्ले गत मङ्सिर १७ गते गरेको जिल्ला न्यायाधीशहरुको नियुक्ति त्रुटीपूर्ण भएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरेको छ । निर्णय बदर गर्न माग गर्दै आईतबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको हो ।

उपन्यायाधिक्ता हरिशंकर ज्ञवालीले न्याय परिषद्लाई विपक्षी बनाइ दायर गरेको रिट निवेदनमा कानून विपरीत सो निर्णय न्यायपालिकाको गरिमा र प्रतिष्ठालाई बचाइ राख्नको लागि बदर गर्न माग गरिएको छ । 

नेपालको संविधानले न्याय सेवामा कार्यरक्त कर्मचारीबाट पदपूर्ति गर्दा ज्येष्ठता, योग्यतालाई प्रमुख आधार बनाउनुपर्ने भएपनि आधारको कुनै मूल्याङ्कन नै नगरी स्वेच्छाचारी र हचुवाको किसिमले नियुक्त गरेको रिट निवेदनमा उल्लेख गरिएको छ।

कार्यरत कर्मचारीको समग्र मूल्याङ्कन गरी पुनःनियुक्तिका लागि सिफारिस हुन सक्ने हुँदा पहिलाको निर्णयलाई बदर गरी स्वतन्त्र, निष्पक्ष र पारदर्शी ढङ्गले न्यायाधीश नियुक्ति गर्न माग गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*