साउदीमा एक नेपाली युवकको मृत्यु, शव नेपाल ल्याइदिन परिवारको आग्रह

हेटौडा न्युज
२८ पुष २०७६, सोमबार १८:५३
;

साउदी अरबमा एक नेपाली युवकको मृत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा साउदी गएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१४, रम्पुरा मल्हनियाका ३२ वर्षीय शम्भु खत्वेको मृत्यु भएको हो । 

वैशाख २६ गतेवर्क कोर्स साउदिया इस्ताक्दम कम्पनीमा काम गर्न साउदी अरब गएका खात्वेका परिवारजनलाई उद्धृत गर्दै सूचना तथा परामर्श केन्द्र, राजविराजले जनाएको छ ।

शुक्रबार बिरामी परेका उनको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको उनीसँगै काम गर्ने श्रीप्रसाद मुखियाले जानकारी दिएको मृतकका दाजु महेन्द्र खंग खत्वेले जनाएको छ । 

त्यसैगरी, परिवारजनले मृतक खत्वेको शव साउदीबाट ल्याइदिन सम्बन्धित निकाय र नेपाल सरकारसँग आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*