विप्लव समुहका जिल्ला सेक्रेटरी हतियारसहित पक्राउ

हेटौडा न्युज
२८ पुष २०७६, सोमबार १९:०६
;

नेत्रविक्रम चन्द विप्लव समूहका म्याग्दी जिल्ला सेक्रेटरी हतियारसहित पक्राउ परेका छन् । बेनी नगरपालिका–२ स्यानालेकबाट ३० वर्षीय रेशम सापकोटालाई पक्राउ गरिएको हो ।  

सापकोटाको घरमा खानतलासी गर्दा ३०३ भि ८९४० नम्बरको राइफल १ नाल, सोको सात राउण्ड म्याग्जीनमा भरिएको गोली बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

यस्तै लोड गरी राखेको एक नाले भरुवा बन्दुक, तीन डब्बा बारुदको छर्रा, तीन थान रसिद र १५ थान दस्तावेज बरामद भएको निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*