छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु

कार दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३२ तिनकुनेस्थित सडकमा बा.१० च ३०४ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो । मंगलबार बिहान भएको दुर्घटनामा चालक सुनसरी धरान उपमहानगरपालिका-१४ घर भएका ५४ वर्षीय निशान भट्टराई मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका निशानको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बसको ठक्करबाट बाराको जितपुर सिमरा उपमहानगरपालिका-२१ आयल निगमस्थित बसोबास गर्ने ७२ वर्षीय राम बहादुर बिकको मृत्यु भएको छ ।
आयल निगमस्थित सडकमा सोमबार साँझ डब्लुबी३३ ई १०५१ नम्बरको ठक्करबाट उनको मृत्यु् भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका पैदलयात्री बिकको अल्पाइन अस्पताल सिमरा हुँदै नारायणी अस्पताल बीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।











