दुर्गाप्रसाद प्रसाईंले दिए श्रीकृष्ण गिरी विरुद्ध सम्पत्ति शुद्धीकरण र अख्तियारमा उजुरी

हेटौडा न्युज
२९ पुष २०७६, मंगलवार २०:३८
;

भ्रष्टाचार तथा घुस लिने कार्य गरी अकुत सम्पत्ति आर्जन गरेको दाबी गर्दै झापास्थित बिएण्ड सी मेडिकल कलेजका संस्थापक दुर्गाप्रसाद प्रसाईंले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीविरुद्ध उजुरी हालेका छन् । अकुत सम्पत्ति कमाएको भन्दै सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा संस्थापक प्रसाईले उजुरी हालेका हुन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको शिक्षाध्यक्ष रहेको समयमा, स्वास्थ्य सेवा बीमा बोर्डमा कार्यकारी निर्देशक रहँदा र हाल आयोगको उपाध्यक्ष रहँदा पनि घुस लिई अकुत सम्पत्ति आर्जन गरेको प्रसाईले आरोप लगाएका छन । 

अवैधानिक रूपमा कमाएको अकुत सम्पत्ति गिरीलेआफू र आफ्ना नातेदारका नाममा जम्मा गरेको भन्दै प्रसाईंले सो सम्पूर्ण सम्पत्ति जफत गर्न  माग गरेका छन् ।

आफूले एमबिबिएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धनको सिफारिस गर्न गिरीसमक्ष निवेदन दिएकोमा २० करोड रुपैयाँ घुस माग गरिएको र नदिए कम्पनीको १० प्रतिशत सेयर दिन गिरीले भनेको प्रसाईले उजुरीमा उल्लेख गरेका छन्।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*