मकवानपुरका पदक विजेता खेलाडीहरुलाई सम्मान

गत महिना नेपालमा सम्पन्न भएको दक्षिण एसियाली खेलकुद ९साग० मा विजय प्राप्त गरेका मकवानपुरका खेलाडीहरुलाई सम्मान गरिएको छ ।
मकवानपुर जिल्लामा जन्मेर उत्कृष्ट खेल कौशल प्रस्तुत गर्दै स्वर्ण, रजत तथा काश्य पदक जित्ने १३ जना खेलाडीलाई आज सम्मान स्वरुप नगर परिक्रमा गराईएको हो ।
जिल्ला खेलकुद विकास समिति परिषरबाट भएको र्याली नगरको विभिन्न भाग हुँदै हेटौँडा उपमहानगरपालिका कार्यलय परिषरमा पुगेको छ ।
आजै जिसस तथा हेटौँडा उपमहानगरपालिकाको तर्फबाट पनि उनीहरुलाई नगद सहित सम्मानको कार्यक्रम रहेको छ ।