ट्रकले ठक्करबाट मकवानपुरको लेवटमा एक जनाको मृत्यु
मकवानपुरको लेवटमा ट्रकले ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिमराज अन्र्तगत हेटौंडा उपमहानगरपालिका–३ लेवटमा हेटौंडाबाट चितवनतर्फ गइरहेको ना ६ ख ६५६ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
ट्रकको ठक्करबाट चितवन रत्नगर घरभई अन्दाजी ३५ वर्ष अम्मर पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेको उपचारका लागि हेटौंडा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रण रहेको प्रहरीले जनाएको छ ।










