हेटौंडामा ३९० घण्टा सिलाई तालिम 

हेटौडा न्युज
४ माघ २०७६, शनिबार १८:०७
;

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना अन्तगर्तको दोस्रो चरणको तालिम हेटौंडामा सुरु भएको छ ।  वन्डरफुल ट्रेनिङ एण्ड कन्सलटेन्सी प्रालिको संयोजनमा भएको तालिमको शुक्रबार हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले उद्घाटन गरेकी हुन् । 

उद्घाटन गर्दै उपमेयर लामाले तालिमले सिप विकास मात्रै नभई, सामाजिक सचेतना, नेतृत्व विकास र आपसी सम्बन्ध समेत बढ्ने बताईन् ।  पाँच स्थानमा हुने तालिममा एक सय जनाको सहभागिता रहेको छ ।

तालिम हेटौंडा उपमहानगरपालिकाको ४ स्थान र राक्सिराङ गाउँपालिकामा सूरु भएको तालिम संयोजक वन्डरफुल ट्रेनिङ एण्ड कन्सलटेन्सी प्रालिका विजय श्रीबात्सबले जानकारी दिएका छन् । तालिममा सहभागी मध्ये ४० जना पहिलो चरणमा तालिम सिकिरहेका छन् भने ६० जना दोस्रो चरणमा तालिम लिइरहेका छन् ।  

""

देश भरि गरेर दोस्रो चरणमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना अन्तर्गत १ लाख १५ हजार जनालाई तालिम दिईरहेको छ । 

तालिममा सहभागीहरुले तालिम पश्चात प्रति महिना ९ हजार ७ सय रुपैँया आम्दानी गर्नु पर्ने थ्रेस होल्ड रहेको व्यवस्था रहेको तालिम प्रदायक संस्थाले बताए ।  व्यवसायमा दक्ष भएपछि पास भएको प्रमाणपत्र दिईने व्यवस्था रहेकोले नेपालमा व्यवस्थित व्यवसाय प्रवद्र्धन गर्ने ढंगले तालिम संचालन गरेको वन्डरफुल ट्रेनिङ एण्ड कन्सलटेन्सी प्रालिका संजिव राईले जानकारी गराए ।   
तालिममा जनक प्रसाद उपाध्याय, लालबहादुर परियार, कविता थापा क्षेत्री, सम्झना तिमल्सिना, सबिता श्रेष्ठ, विपना थिङ, सरिता नेगी, सर्मिला दवाडी, बखत बहादुर रोकाय र मदन जोशीले प्रशिक्षण गर्ने छन् ।     
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*