नम्बर प्लेट लेखाउँदै ट्राफिक प्रहरी

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले नम्बर प्लेट स्पष्ट नभएका सवारीलाई चेकीङ स्पोटमा नै नम्बर लेख्न लगाएको छ ।
हिजो शनिबार सवारी चेकजाँचका क्रममा प्लेट स्पष्ट नभएका सवारी साधनहरुलाई चेकीङ स्पोटमा नै पेन्टर लगेर नम्बर लेख्न लगाएको हो ।
हिजो पहिलो दिन १९ वटा सवारी साधनहरुमा नम्बर लेखाइएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
साथै सवारी चालक अनुमती पत्र नभएका ६० वटा अटो तथा मयुरी लगाएतका सवारी साधनहरुलाई नियन्त्रणमा लिइएको छ ।