प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, चार राज्यमन्त्री थपिए

हेटौडा न्युज
५ माघ २०७६, आईतवार २१:४६
;

मुख्यमन्त्री शेत्रधन राईले प्रदेश १ को मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री राईले चार राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मुख्यमन्त्री राईले ओखलढुंगाका अम्बिर गुरुङ, इलामका रामबहादुर मगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वासलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्यालय अनुसार गजमेरलाई सामाजिक विकास, गुरुङलाई भौतिक पूर्वाधार, मगरलाई भूमि कृषि तथा सहकारी र विश्वासलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रदेश सरकार गठन भएको दुई वर्षसम्म भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्री नियुक्त हुन सकेको छैन । दुबै मन्त्रालय मुख्यमन्त्री राईले आफूसँगै राखेका छन ।

प्रदेश १ मा सात वटा मन्त्रालय छन् । 

शनिबार मात्र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटीले मन्त्री नियुक्त गर्न निर्देशन दिएको थियो । तर मुख्यमन्त्री राईले भने मन्त्री पद रिक्त राखेर राज्यमन्त्री नियुक्त गरेका छन् । नवनियुक्त राज्यमन्त्रीहरुले आइतबार नै सपथ लिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*