कांग्रेस राक्सीराङ गाउँपालिकामा जिम्वा

हेटौडा न्युज
५ माघ २०७६, आईतवार २२:३४
;

नेपाली काँग्रेस राक्सीराङ गाउँपालिकाको सभापतिमा बिरेन्द्र जिम्वा चयन भएका छन् ।

सह–सभापतिमा जितन प्रजा चयन गरिएको केन्द्रीय प्रतिनिधि एवं निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले सभापति जिम्बा र सह–सभापति प्रजालाई प्रमाणपत्र वितरण गरेकी थिइन् ।

केन्द्रीय प्रतिनिधि न्यौपानेका अनुसार स्थानीय तहका गाउँपालिका, नगर र वडा सभापति चयन गर्ने प्रक्रिया अन्तिम अवस्थामा पुगेको बताएका छन् ।

यसअघि कांग्रेसले संघ, प्रदेश र ६ गाउँपालिकासहित हेटौंडा उपमहानगर र थाहा नगर सभापति सर्वसम्मत रुपमा चयन गरिसकेको छ ।

अब ईन्द्रशरोबर गाउँपालिका र हेटौंडा उपमहानगरका केही वडाको कमिटी चयन गर्न बाँकी रहेको केन्द्रीय प्रतिनिधि न्यौपानेले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*