मकवानपुरकी स्वस्तिका ढकाल नेपाल आइडलको उत्कृष्ट १२ मा

मकवानपुरको हेटौंडा –८ कमाने निवासी स्वस्तिका ढकाल दर्शक र निर्णायकको मन जित्दै गायन प्रतियोगीता ‘नेपाल आइडल सिजन ३’ मा आफ्नो स्थान सुरक्षित गरीसकेकी छिन् । गायन प्रतियोगिता ‘नेपाल आइडल सिजन ३’ को उत्कृष्ट १२ पर्न सफल मकवानपुरकी ढकाले निकै चर्चा बटुलेकी छिन् ।
मेघा राउण्ड’ अर्थात अडिशन राउण्डमा ‘सालैजु’, ‘म आँखैमा राख्न’ जस्ता गित गाएर निर्णायकको मन जितेकी ढकालले क्रमश ‘थिएटर राउण्ड’ र ‘पियानो राउण्ड’ मा पनि उनले राम्रो प्रस्तुती दिएकै कारण उनको गायनको चर्चा चुलिएको हो ।
आगामी राउण्डका लागि तयारी गर्दै गरेको बताउदै ढकालले अबको राउण्ड ‘गाला राउण्ड’ रहने र सोही राउण्डमा प्रस्तुती दिएपछी भोटिङ सुरु हुने भएकोले निकै मिहेनतका साथ आफुले तयारी गरिरहेको बताइन ।
सामान्य, परिवारमा हुर्किएकी ढकाल अहिले २२ वर्षकी भईन । घर परिवारबाट साथ सहयोग रहेकोले संगीतमै आफ्नो उज्ज्वल भविस्य खोज्ने प्रयास गर्ने क्रममा नेपाल आइडलको टप १२ सम्म को यात्रा पूरा गरिसकेको उनले बताईन । ढकाल ले भनिन् यो यात्रा जहाँ पुगेर रोकिए पनि म भित्रको संगीतको प्यास कहिल्यै मेटिने छैन।’
पाँचजनाको परिवारमा हुर्कीएकी ढकाल संगीतमा सानैदेखी रुचि रहेको बताउछिन् ।
संगीतको औपचारिक शिक्षा हासिल गर्न मन भएर पनि पारिवारिक आर्थिक अवस्थाको कारण सकिएन। ढकालले भनिन् परिवारलाई आर्थिक रुपमा सहयोग हुने भएकोले हेटौँडाकै एउटा शैक्षिक परामर्श केन्द्रमा काम पनि गरिरहेको छु ।’











