लोक सेवा आयोगको दुई सदस्यद्वारा सपथ ग्रहण
लोक सेवा आयोगको सदस्यले सपथग्रहण गरेका छन। बागमती प्रदेश लोक सेवा आयोगका सिफारिस भएका सदस्यमा सुर्दशन ढकाल र सर्मिला न्यौपानेले आज दिउँसो प्रदेश प्रमुखको कार्यलयमा सपथग्रहण गरेका हुन् ।
उनिहरुलाई बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले सपथ ग्रहन गएका थिए । सपथग्रहण कार्यक्रममा बागमती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाई, मुख्य मन्त्री डोरमणी पौडेल, सभामुख सानुकुमार श्रेष्ठ लगायत प्रदेश मन्त्री तथा सुरक्षा निकायका प्रमुखहरु उपस्थित रहेको थियो।