पानोरमा रिसोर्टमा बेहोस अवस्थामा भेटिएका आठै जनाको मृत्यु (नाम सहित)

हेटौडा न्युज
७ माघ २०७६, मंगलवार १८:४३
;

 मकवानपुरको थाहा नगरपालिकाको  पानोरमा रिसोर्टमा बेहोस अवस्थामा फेला परेका आठै जना भारतीयको मृत्यु भएको छ । थाहा नगरपालिका वडा नम्बर ४ सिमभञ्ज्याङ स्थित एभरेष्ट पानोरमा रिसोर्टमा अचेत भेटिएका आठै जना भारतीय पर्यटकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रिसोर्ट कोठामा अचेत अवस्थामा भेटिएका उनिहरुलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल लगिएको थियो । अस्पताल पुर्याउना साथ उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

मृत्यु हुनेहरुमा भारत केरला बस्ने बर्ष ३८ को रन्जित कप, बर्ष ३४ की ईन्द्र, बर्ष अं.३७ को प्रबिण, बर्ष ३२ की सरिया, बर्ष ५ को अभी, बर्ष ७ की अर्चना, बर्ष ५ को बैष्णव, बर्ष ९ की बन्द्रा रहेका छन् । मृत्यु हुनेहरुमा २ पुरुष, २ महिला र ४ बालबालिका रहेका छन् ।

भारतको केरलाबाट दामन–पालुङ क्षेत्र घुम्न आएका १५ जनाको टोलीमा एउटा कोठामा सुतेका उनीहरु मंगलबार विहान अचेत भेटिएका थिए । अर्को कोठामा सुतेकाहरु भने सकुशल रहेको प्रहरीले जनाएको छ । भेन्टिलेसन नभएको कोठामा हिटर बालेर सुतेकाले घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*