सभामुख पदका लागि सांसद सापकोटाको मात्र उम्मेदवारी, कांग्रेश सहभागी नहुने

हेटौडा न्युज
७ माघ २०७६, मंगलवार १९:००
;

सभामुखका लागि नेकपाका सांसद् अग्निप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । प्रस्तावक सुवास नेम्वाङ रहने गरी देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा सापकोटाले मंगलबार बिहान उम्मेदवारी  दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तालगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले जननिर्वाचित संस्थालाई थप गरिमामय बनाउन भूमिका खेल्ने बताएका छन् ।

यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि गत असोजदेखि सभामुख खाली भएको थियो । यद्यपि, नेकपाभित्रको आन्तरिक किचलोका कारण लामो समयदेखि सभामुख निर्वाचन प्रक्रिया अघि बढ्न सकेको थिएन ।  

सत्तारूढको यो कार्यशैलीको चर्को आलोचनासमेत भएको थियो । लामो अन्योलता चिर्दै नेकपाले अग्निलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै संसद् सचिवालयले प्रक्रिया थालेको हो ।

सभामुख निर्वाचनमा कांग्रेस भने सहभागी नहुने बताएको छ । कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरे पश्चात सभामुख निर्वाचनमा सहभागी नहुने भएको हो । 

योसँगै सभामुखमा सापकोटाको मात्रै एकल उम्मेदवारी हुने भएको छ । शिवमाया तुम्बाहाङफेले उपसभामुखबाट राजीनामा दिएपछि यो पद पनि रिक्त छ । यसको निर्वाचन प्रक्रिया भने माघ १२ पछि  मात्रै सुरु हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*