हेटौंडामा ट्राफिक व्यवस्थापन गर्न राखेको ड्रम नै बेवारिशे 

हेटौडा न्युज
८ माघ २०७६, बुधबार ०४:०८
;

पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित राप्तिपुल देखि बागथलीसम्म सडकको दायाँ बायाँ खुला गर्न राखिएको ड्रमहरु बेवारिशे बनेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ११ को सहकार्यमा राप्तीपुल देखि बाघथली सम्मको करिब १.५ किलोमिटर अन्तर्गत सडकको दायाँ बायाँ करीब ४ मिटरको फरकमा ड्रम राखिको थियो । 
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले ती सडक डिभाइडरका लागि राखिएको ड्रममा फुलका विरुवा समेत रोपेका थिए । ""

सो क्षेत्रमा सडक छेउमै सवारीहरु रोकिदा दुर्घटना बढ्ने सम्भावनालाई दृष्टिगत गर्दै राखिएको ड्रमलाई सिमाना गरी सो भन्दा बाहिर मात्रै सवारी पार्किङ्ग गर्ने उद्देश्य रहेको थियो । 
तर त्यसरी तामझामका साथ राखिएका ड्रमहरु संरक्षणको अभावमा सडकमा बेवारिशे झैं बनिसकेका छन् । 
तस्वीरहरु
""""""""""""""""""""""""""""""""""""

जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरले ड्रम डिभाईडर बाहिर सवारी नरोकिए जरिवाना गर्ने बताएपनि ट्राफिक प्रहरी कै अघिल्तिर सडक छेऊमै सवारीहरु पार्किङ्ग गरेपनि ती नियम पूर्णतयाः लागू भने भएकै छैन ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*