घुस रकमसहित एक प्रहरी जवान पक्राउ 

हेटौडा न्युज
८ माघ २०७६, बुधबार १९:०५
;

एक जना प्रहरी जवान ५ हजार रुपैयाँ घुससहित पक्राउ सिराहाबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादव  घुससहित पक्राउ परेका हुन् ।

यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

प्रहरी जवान यादवले भारतीय बजारबाट भन्सार छलेर सामान ल्याउन सहयोग गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

यादवमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*