पदमपोखरीमा सास्कृतिक कार्यक्रम, गायक दिपक बज्राचार्य, कुन्ती मोक्तानले प्रस्तुती दिने

हेटौडा न्युज
९ माघ २०७६, बिहीबार ००:४७
;

सोनाम ल्होछारको अबसरमा मकवानपुरको पदमपोखरीमा बृहत सास्कृतिक कार्यक्रम हुने भएको छ ।

तामाङ समुदायको महत्वर्पूर्ण पर्वको रुपमा मनाउँदै आइएको सोनाम ल्होछारको अबसरमा हेटौंडा उपमहानगरपालिका वडा नं. १५ पदमपोखरी चोकमा  सास्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको आज एक पत्रकार सम्मेलन मार्फत बताइएको छ ।

माघ १५ गते पदमपोखरी चोकमा हुने कार्यक्रममा चर्चित गायक तथा गायीकाहरुको प्रस्तुती रहने आयोजकले बताएको छ ।

ल्होछार कार्यक्रम मुल आयोजक समितिका संयोजक पेम्वा लामाका अनुसार कार्यक्रममा देशकै चर्चित गायीका कुन्ती मोक्तान, गायक दिपक बज्राचार्य र  ब्याण्डले आफ्नो प्रस्तुती दिने बताएका छन् ।

कार्यक्रममा प्रेम लोप्चन, टिका भोम्जन, किर्तिमान लामा, विशाल थिङ लगाएतकाको पनि प्रस्तुती रहने बताइएको छ । कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुती सहित तामाङ सस्कृतिमा आधारित प्रस्तुतीहरु पनि रहने छ ।

१५ लाख लागतमा कार्यक्रम आयोजना गर्न लागीएको आयोजकको भनाइ छ । यस कार्यक्रमले पदमपोखरीको चिनारीमा समेत सहयोग आयोजकको दाबी छ ।  

पर्यटन वर्ष २०२० लाई समेत सहयोग पुग्ने गरी ३० सदस्यीय मुल आयोजक समिति समेत निर्माण गरि काम अघि बढाइएको आयोजकले बताएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*