घुस रकमसहित दुईजना रंगेहात पक्राउ 

हेटौडा न्युज
१० माघ २०७६, शुक्रबार १८:३४
;

दुई कर्मचारी २५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । नेपाल विद्युत प्राधिकरण काठमाडौंको कुलेश्वरस्थित वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कर्मचारी कृष्ण मुरारी चौधरी र बिजुलीको पोल गाड्ने काम गर्ने पुरुषोत्तम दाहाललाई अख्तियारको टोलीले पक्राउ गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं टंगालस्थित कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई घुस लिँदा लिँदै रंगेहात पक्राउ प्रक्ता प्रदिपकुमार कोइरालाले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*