२ दर्जन पाइलटहरुले बुझाए सामूहिक राजीनाको चेतावनी पत्र 

हेटौडा न्युज
१० माघ २०७६, शुक्रबार १९:००
;

२ दर्जन पाइलटहरुले सामूहिक राजीनामा दिने चेतावनीसहितको पत्र बुझाएका छन् ।  पाइलटलाई विभेद भएको भन्दै  नेपाल एयरलाइन्सका  २० जना पाइलटको हस्ताक्षरमा चेतावनीसहितको पत्र ‘राजीनामा नोटिस’ बुझाएका हुन् । 

राजीनामाको चेतावनीसहित पत्र दिनेहरु सबै अन्तर्राष्ट्रिय उडानका पाइलट तथा कोपाइलट हुन् । उनीहरूले ३ महिनामा माग पूरा नभए राजीनामा दिने पत्रमा उल्लेख गरेका छन् । व्यवस्थापनबाट राजीनामा स्वीकृत भएमा निगमका अन्तर्राष्ट्रिय उडान प्रभावित हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*