व्यवसायी श्रेष्ठ र पुरीको सहयोगमा सानोपोखरा र क्याम्पा क्षेत्रमा सिसि क्यामरा

हेटौडा न्युज
११ माघ २०७६, शनिबार २२:२१
;

हेटौँडाको सानोपोखरा र क्याम्पाडाँडामा सिसी क्यामरा जडान गरीएको छ । शनिबार व्यवसायी रवि श्रेष्ठको व्यक्तिगत खर्चमा हेटौंडाको सानोपोखरा र क्याम्पाडाँडाको दुई स्थानमा सिसी क्यामरा जडान गरीएको हो ।

अब यी दुई क्षेत्र सिसि क्यामाराको निगरानीमामा हुने छन् । सानोपोखरामा ४ वटा क्यामरा र क्याम्पाडाँडामा एउटा गरी जम्मा ५ वटा क्यामरा जडान गरिएको छ ।

व्यवसायी श्रेष्ठले ७० हजार रुपैँया मुल्य बराबरको क्यामरा सानोपोखरा क्षेत्रमा जडान गराई वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीलाई हस्तान्तरण गरेका थिए ।

त्यसैगरी, क्याम्पाडाँडा जडान भएको क्यामरा व्यवसायी सुरेश पुरीले सहयोग गरेका हुन् । यसको मूल्य ३५ हजार रुपैँया रहेको जनाईएको छ । 

क्यामरा जडानबाट अपराध न्यूनिकरणमा सहयोग पुग्ने उनीहरुको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*