बोराले च्यापिएर चार भारतीय नागरिकको मृत्यु
बोराले च्यापिएर चार भारतीय नागरिकको मृत्यु भएको छ । रुपन्देहीमा मृत्यु भएका एकै परिवारको सदस्यहरु हुन् ।
भारत बिहार राज्य बलिया जिल्ला तपनी गाउँका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २६ वर्षीया सद्धाव खातुन, ६ वर्षीया छोरा सुल्तान रजा र दुई वर्षीया छोरी सहिना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सटर रहेको कोठाको तीनतर्फको भित्तामा बोराको खात लगाएर बीचमा साँघुरो स्थानमा सुतेको बेला बोराले च्यापिएको अवस्थामा उनीहरुको शव फेला परेको हो । मृतकको शव पोस्टमार्टमका लागि भैरहवा भिम अस्पजिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक कमल ज्ञवालीले जनाएका छन् ।
राती सुतेको अवस्थामा खात लगाएर राखेको बोरा खस्दा निस्सासिएर उनीहरुको मृत्यु भएको प्रराम्भिक अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ।










