एउटा व्यक्तिको मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ ? : सांसद महत

हेटौडा न्युज
१७ माघ २०७६, शुक्रबार १८:१६
;

सत्तारुढ दल नेकपाका सांसद जगेन्द्रबहादुर महतले छाउपडी गोठमा महिलाको मृत्यु भएको भन्दै छाउपडी गोठ भत्काउन थालेकोमा आपत्ती जनाएका छन् । 
गैरसरकारी संस्था एनजीओले छाउपडी गोठ भत्काउने अभियान चलाएको भन्दै उनले आक्रोश व्यक्त गरे ।

प्रतिनिसभाको बैठकमा बोल्दै सांसद महतले छाउगोठका नाममा घर भत्काइएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । एउटा व्यक्तिको मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ,’ नेकपा सांसद महतले प्रश्न गरे, ‘आठ जना मान्छेको होटलमा मृत्यु भएको छ। होटल भत्काउँदै हिड्ने ? बसमा मानिसको मृत्यु भयो भने बसमा आगो लगाउँदै हिड्ने ? त्यो पनि कुनै तरिका हो । चाहिँदो काम गर्नु पर्यो नि।’

भष्टाचारी र काम नगर्ने ठेकेदारलाई सरकारले कारबाही गर्न नसकेको तर छाउगोठ भत्काउँदै हिडेको भन्दै उनले असन्तुष्टी समेत व्यक्त गरे ।

‘जिल्लामा जाने नुन, औषधी बेचिएको छ। भ्रष्टाचार भएको छ। उनीहरुलाई समात्नु छैन। पुलको बेहाल छ, बाटोको बेहाल छ। ठेकेदार कहाँ छ ? तिनलाई पक्रेर कारबाही गर्न पर्दैन ? ’ सांसदले महतले भने, ‘स्कुलको अवस्था के छ ?  हस्पिटलको अवस्था के छ ? त्यो हेर्न पर्दैन। के गरेर बसेको छ गृहमन्त्रालय ? ’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*