स्कार्पियो डिभाइडरमा ठोक्किदा १६ वर्षीय युवकको मृत्यु, ४ घाइते
विरगञ्जमा सवारी दुर्घटना हुँदा १६ वर्षीय युवकको मृत्यु भएको छ । दुर्घटनामा बाराको परवानीपुर गाउँपालिका ५ बहुअरीका १६ वर्षीय आकाश पटेलको मृत्यु भएको हो ।
दुर्घटनामा फेटा गाउँपालिका १ भलुही बस्ने १७ वर्षीय धिरेन्द्र दास, वीरगञ्ज-१० रानीघाट बस्ने १६ वर्षीय सोनु साह र वीरगञ्ज-१० आदर्शनगर बस्ने १८ वर्षीय ओम पुरी घाइते भएका छन् ।
वीरगञ्जघण्टाघरबाट पावरहाउसतर्फ जाँदै गरेको बा १५ च ७७७१ नम्बरको स्कारपियो गाडी राति साढे १२ बजेतिर मुर्लीचोक-नेपाल टेलिकम क्षेत्रिय कार्यालय सडकखण्डको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार आकाश आफैले तीब्र गतिमा चलाएको स्कार्पियो फलामे डिभाइडरमा ठोक्कए पछि उछिट्टिएर कालोपत्रे सडकमा बजारिएको थियो । दुर्घटनामा परेको गाडीको अगाडि र पछाडिको दुवै भाग क्षतविक्षत भएको छ ।
घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। आकाशले चलाएको स्कार्पियोमा उनीसहित आठजना सवार रहेका थिए।