नेकपाका वडा अध्यक्षमाथि निर्घात कुटपिट

हेटौडा न्युज
१८ माघ २०७६, शनिबार १८:०९
;

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का गाउँपालिका अध्यक्षमाथि निर्धात कुटपिट भएको छ । बैतडीको दशरथचन्द नगरपालिका वडा न.१० का नेकपाका वडा कमिटी अध्यक्ष प्रकाश लावडमाथि कुटपिट भएको हो । कार्यालयकै प्रांगणमा लावडमाथि स्थानीय त्रिलोक विष्टले कुटपिट गरेको पीडित लबडाले बताएका छन् । लावडको दुवै हातमा चोट लागेको छ । 

पीडित लावडले भने, ‘मलाई एक्कासी किन कुटपिट गर्‍यो थाहा छैन। मदिरा सेवन गरेर ममाथि कुटपिट गर्‍यो । तँ ‘डुम’भनेर मलाई हातपात गर्‍यो । वडाका कर्मचारीहरु पनि केही बोलेनन् ।’

पीडित लावडको जिल्ला अस्पतालमा उपचार गरिएको छ । लावडको बायाँ हातको कुहिनो माथिको जोर्नी खुस्किएको र दायाँ हातको बुढी औला भाँचिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर वसन्तराज जोशीले जनाएको छ ।

कुटपिट गर्ने विष्टलाई प्रहरीले शुक्रबार साँझ नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जनाएको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*