बस र माईक्रो ठोक्किँदा चालकसहित ४ जनाको मृत्यु, ६ जना घाईते 

हेटौडा न्युज
१९ माघ २०७६, आईतवार १६:४७
;

बस र माइक्रो ठोक्किँदा चालकसहित ४  जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् ।  सुनसरी जिल्लाको रामधुनी नगरपालिका २ मा दुर्घटना हुँदा बा ५ ख ३१५७ नम्बरको माइक्रो चालक दिपक खड्का, यात्रुहरु झापा भद्रपुरका डोलकुमारी कोइराला, गरिमा गौतम र हेमराज कोइरालाको मृत्यु भएको  हो । 

काठमाडौंका लागि छुटेको बा ५ ख ३१५७ नम्बरको माइक्रो र काठमाडौंबाट सुनसरी आउँदै गरेको ६ ख ७९५ नम्बरको बस आइतबार बिहान करिब ७ बजे रामधुनी नपा- २ को कृषि फार्म नजिक ठोक्किएको पकली प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश अधिकारीले जनाएको छ । 

दुर्घटनापूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवास्थित पितृवना सडकखण्डमा भएको हो। घटनास्थलमा प्रहरीले उद्धार जारी राखेको छ। मृतक र घाइतेको पहिचान खुलेको छैन।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*