विमान परिचारिकाले बाबुराम भट्टराईलाई तपाई डाक्टर हो ? भनेर सोधेपछि…. 

हेटौडा न्युज
१९ माघ २०७६, आईतवार १८:१३
;

विराटनगर जाने उडानमा  पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई परिचारिकाले नचिनेपछि शहर र गाउँको राजनीतिक चेतमाथि प्रश्न उठाएका छन् । 

आइबार ट्विट गर्दै अध्यक्ष भट्टराईले विमानकी परिचारिका र गाउँकी चिया पसलकी युवतीबीच तुलना गर्दै गाउँ र शहरमा राजनीतिक चेतबारे प्रश्न गरेका हुन् । 

उनले विबिराटनगर जाने क्रममा विमानमा परिचारिकाले डाक्टरकहाँ जाँदा देखेजस्तो लागेको भनेपछि लेखेका छन्, ‘तपाईं डाक्टर हो ? म–हैन । किन सोध्नुभो रु उनी–डाक्टरकहाँ जाँदा देखेजस्तो लागेर ।

त्यसपछि उनले चतरानजिकै कोशीपुलमा रहेको सानो चिया पसलमा पस्दा युवती आश्चर्यमा पर्दै खुशीले भनेको पनि सम्झिदै भट्टराई लेख्छन्, ‘केहीपछि चतरानेर कोशीपुलमा सानो चिया पसलमा पसियो१पसले युवती चिच्याइन्–ओहो बाबुराम ? म–कसरी चिन्नुभो? उनी–फोटो र टिभीमा देखेर !

अध्यक्ष भट्टराईले ट्विटरमा आफूहरु ‘आउटडेटेड’ भएका त हैनौं भनेर प्रश्न समेत गरेका छन् । 

""
 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*