कारको प्रयोग गरी दिन दाहाडै चोरी गर्ने चार जना पक्राउ 

हेटौडा न्युज
१९ माघ २०७६, आईतवार २०:३८
;

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दिनदाहाडै चोरी गर्ने चार जना गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । दोलखाको शैलुङ गाउँपालिका–५ स्थायी ठेगाना भइ हाल काठमाडौँको बुढानिलकण्ठ नगरपालिका चुनिखेल बस्ने ३० वर्षीय रवि कार्की, बुढानिलकण्ठ भंगालका १९ वर्षीय राजन खनाल, काभ्रे पाँचखाल खरेलथोक स्थायी ठेगाना भइ हाल बुढानिलकण्ठ चुनिखेल बस्ने २० वर्षीय उपेन्द्र खरेल र खोटाङको देक्तेल रुपाकोट–१२ जालपा स्थायी ठेगाना भइ हाल काठमाडौँ गोकर्णेश्वर–५ जोरपाटीमा सुन पसल सञ्चालन गरेर बस्ने ४३ वर्षीय मौलकुमार विकलाई प्रहरीले प्रक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट १ लाख ६० हजार रुपैयाँ, सामसुङ मोबाइल एक थान र पर्स एक थान बरामद गरेको छ। उनीहरुले चोरी गर्न प्रयोग गरेको बा ३ च ६२७३ नम्बरको कारसमेत नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

उनीहरुलाई चोरी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*