एमसीसी बारे सुझाव संकलन गर्न नेकपामा कार्यदल

हेटौडा न्युज
१९ माघ २०७६, आईतवार २०:५२
;

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सुझाव संकलन गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कार्यदल गठन गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुको प्रश्नमा जवाफ दिँदै एमसीसी बारे सुझाव संकलन गर्न कार्यदल गठन गर्ने घोषणा गरेका हुन् ।

वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली सदस्य छन् ।
कार्यदललाई १० दिन भित्र रीपोर्ट पेश गर्ने गरी समय दिइएको बताइएको छ ।

कार्यदलका सदस्य रावलले एमसीसीबारे प्रश्न उठाउँदै आएका थिए भने परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले संसदबाट अनुमोदन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

केन्द्रीय कार्यसमिति बैठकमा भने बहुसंख्यक नेताहरुले एमसीसी सम्झौता परिमार्जन नगरी पास गर्न नहुने बताएका थिए । छिटो पास गर्नुपर्ने र पास नै गर्न नहुने मत पनि बैठकमा आएको थियो । तर बहुमत–अल्पमतका आधारमा एमसीसीबारे निर्णय गर्न नहुनेमा भने सबै केन्द्रीय सदस्यहरु एक मत थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*