सञ्चारमाध्यमले टाउको जोडेर हाल्दैमा कतैका हुदैँनौं, हामी कुनै गुटका होइनौं, नेकपा गुटका हौं: ओली

हेटौडा न्युज
१९ माघ २०७६, आईतवार २२:४२
;

सञ्चारमाध्यमले आफूहरुको अपमान गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् ।

केन्द्रीय समितिको बैठकको समापन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।
“हामीलाई फलानो गुटको भनेर टाउका जोडेर सञ्चारमाध्यममा समाचार प्रकाशित गरिएको छ,” प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको भनाइ थियो, “हामी कुनै गुटका होइनौं । नेकपा गुटका हौं ।”

उनले सञ्चारमाध्यमले टाउका जोडेर हाल्दैमा कतैका पनि नहुने उनको टिप्पणी थियो ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*