यातायात व्यवस्था कार्यालयका अधिकृत १३ हजार घुस सहित पक्राउ
काठमाडौंस्थित यातायात व्यवस्था सेवा कार्यालय अधिकृत घुस रकमसहित पक्राउ परेका छन्।, सानो भर्याङ स्वयम्भूमा कार्यरत अधिकृत शिवलाल पौडेल १३ हजार रुपैया सहित पक्राउ परेका हुन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले अधिकृत पौडेल र सेवाग्राही दीपक खतिवडालाई कार्यालय परिसरबाट नै नियन्त्रणमा लिएको हो।
पौडेललाई सेवाग्राही दीपकसँग १३ हजार घुस लिँदै गर्दा टोलीले नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
पौडेललाई सवारी कर र प्रदूषणबापतको रकम तिर्नका सेवाग्राही दीपकले घुस १३ हजार दिएका थिए।
उनीहरूमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।