हेटौंडामा मकवानपुर गोल्डकप–२०७६ हुने 

हेटौडा न्युज
२० माघ २०७६, सोमबार २०:१६
;

हेटौंडामा स्थानीय तह मकवानपुर गोल्डकप–२०७६ हुने भएको छ । जिल्ला फुटबल संघको आयोजनामा गोल्डकप हुृन लागेको हो । गोल्डकपको लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले मिति तय गरेको हो।

एन्फा क्यालेण्डर अनुसार फागुन २९ गतेदेखि चैत्र८ गतेसम्म गोल्डकप गर्न मिति उपलब्ध गराएको छ ।

यसअघि भुगर्भ सिमेन्ट हेटौंडा गोल्डकप भएको थियो भने यसवर्ष स्थानीय तह मकवानपुर गोल्डकप हुन लागेको हो । गोल्डकपको लागि मकवानपुरका १० वटै स्थानीय तहले आर्थिक सहयोग गरेका छन् ।

फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामाले सबै स्थानीय तहले गोल्डकपको लागि रकम छुट्याइसकेको बताएका छन् ।

 केही दिनभित्र संघको साधारणसभा बोलाएर गोल्डकपको लागि जुट्ने लामाले तु खबरलाई जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*