एक लाख घुस रकमसहित अधिकृत र सवारी चालक पक्राउ
एक लाख घुस रकमसहित चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र सवारी चालक पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल र सवारी चालक संचित दुलाललाई घुस रकम सहित पक्राउ गरेको हो ।
विशेष सुचनाको आधारमा अनुसन्धान गर्दा टंगालबाट खटिएको आयोगको टोलीले पौडेल र चालक दुलाललाई वलम्बुस्थित च्याउ सहकारी अगाडि जाँदै गर्दा नियन्त्रणमा लिएको हो।
आयोगले उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएको छ ।