सरकारको बाटो र गन्तव्य सही छः मन्त्री भट्टराई 

हेटौडा न्युज
२० माघ २०७६, सोमबार २१:१८
;

केपी शर्मा ओली नेतृत्वको सरकार सही बाटोमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले बताएका छन् ।
सोमबार दमौलीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री भट्टराईले सरकार गलत बाटोमा नरहेको बताएका हुन् ।

मन्त्री भट्टराईले सरकारको बाटो, दिशा, गति र गन्तव्य सही रहेको बताउँदै भने, “सरकारको बाटो सही हुँदाहुँदै पनि कहिलेकाहीँ अप्ठ्यारा बाटो आउँछ, अवरोध आइपर्छ, त्यस्ता अवरोध हटाउँदै अगाडि बढ्नुपर्छ ।” 

मन्त्री भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कुशल र अनुभवी पाइलटको सङ्ज्ञा दिँदै उहाँको नेतृत्वको वर्तमान सरकारको जहाजले सही अवतरण गर्ने पनि बताएका छन् ।

मन्त्री भट्टराईले नेकपाको आकाश सफा र धर्ती उर्वर रहेकोले पार्टी एकिकरणलाई भावनात्मक बनाउन हालै सम्पन्न केन्द्रीय कमिटी बैठक सफल भएको बताएका छन् ।

विसं २०७७ को चैत महिनामा पार्टीको महाधिवेशन घोषणा गरिएको र त्यसले पार्टीलाई थप मजबुद बनाउने मन्त्री भट्टराईको  भनाइ थियो । मन्त्री भट्टराईले पार्टीको महाधिवेशन लगतै तीन तहको निर्वाचन हुने भएकाले तीनवटै तहको चुनावमा अहिलेको भन्दा पनि राम्रो परिणाम निकाल्न सबै कार्यकर्ता लाग्नुपर्नेमा जोड दिदैं बहुमत प्राप्त सरकार भएकाले जनताको अपेक्षा धेरै रहेको र त्यसलाई पूरा गर्न सरकार लागिपरेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*