प्रदेश सांसदलाई ल्यापटप, प्रदेशसभा  ‘पेपरलेस’ बनाइने

हेटौडा न्युज
२२ माघ २०७६, बुधबार १८:४१
;

प्रदेशसभा सचिवालयले प्रदेश २ का प्रदेश सांसदहरुलाई ल्यापटप वितरण गर्ने भएका छ । प्रदेशसभालाई ‘पेपरलेस’ बनाउने उद्देश्यले प्रदेशसभा सचिवालयले सबै सांसदलाई ल्यापटप प्रदान गर्न लागेको हो ।

प्रदेशसभा सचिवालयका अनुसार ल्यापटप आइसकेको र केही दिनभित्रै सबैलाई वितरण गरिने जनाइएको छ । प्रदेशसभालाई ‘पेपरलेस’ बनाउन र सरकारको खर्च जोगाउन सबै सांसदलाई ल्यापटप दिन लागिएको जनाइएको छ ।

‘एउटा विधेयक कितावजस्तो हुन्छ । कम्तीमा १५० प्रति फोटोकाँपी गर्नुपर्छ,’  ‘कागज, मसी र प्रिन्टर गरी वर्षको ५ करोड त्यसमै खर्च भइरहेको अवस्था छ । त्यो खर्चलाई रोक्न पनि ल्यापटप दिन लागेका छौं ।’ प्रदेश २ का सभामुख सरोजकुमार यादवले बताएका छन् ।

सरकारको खर्चको बचत हुने र सबै सांसदले विधेयकमाथि लागेको कुरादेखि संशोधनसम्म ल्यापटपमै लेखेर सिधै इमेल गर्ने छन् । कुनै पनि विधेयक कागजी रुपमा अध्ययन गर्दै आएका प्रदेश २ का सांसदले अब ल्यापटपमै अध्ययन गर्ने भएका छन् ।

कागज, मसीको खर्चका साथै समयको बचत पनि गर्ने उद्देश्यले ल्यापटप वितरण गर्न लागिएको सभामुख यादवले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*