सांसदलाई ल्यापटप उपहार, स्वकीयको काम सांसदलाई ल्यापटप सिकाउने

हेटौडा न्युज
२२ माघ २०७६, बुधबार १८:५७
;

प्रदेश २ मा १०७ जना सांसद छन् । तीमध्ये धेरैलाई ल्यापटप चलाउन आउँदैन् । ल्यापटप चलाउन नआउनेलाई उनीहरुको स्वकीय सचिवले सिकाउने गरी प्रदेशसभा सचिवालयले प्रदेश सांसदहरुलाइृ ल्यापटप वितरण गर्दैछ ।

प्रदेशसभा सचिवालयका अनुसार ल्यापटप केही दिनभित्रै सबैलाई वितरण गरिने जनाइएको छ । प्रदेशसभालाई ‘पेपरलेस’ बनाउन र सरकारको खर्च जोगाउन भन्दै सबै सांसदलाई ल्यापटप दिन लागिएको जनाएको छ ।

प्रदेशसभा सचिवालयको अनुसार ‘सबै जना माननीयलाई अधिकृतस्तरको स्वकीय सचिव दिइएको छ । प्रदेश २ का सभामुख सरोजकुमार यादवका अनुसार स्वकीय सचिवहरुको काम सांसदहरुलाई सहयोग गर्नु हो त्यसैले सबै स्वकीय सचिवहरुले सांसदहरुलाई ल्यापटप सिकाउनु पर्छ ।’

सभामुख यादवले एक वर्षअघि नै यस्तो गर्न खोजिए पनि विविध कारणले नसकेको बताउँदै प्रदेशसभा दोस्रो वर्ष पूरा गरेको अवसरमा सबै सांसदलाई ल्यापटप दिएर प्रदेशसभालाई पेपरलेस बनाइने बताएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*