रूघाज्वरोले दुई दिनमा दुई जनाको ज्यान लियो
बाजुरामा रूघा, खोकी र ज्वरोले दुई जनाको मृत्यु भएको छ । हिजो मंगलबार बिहान स्वामीकार्तिक खापर गाँउपालिका-१ की अन्दाजी ५५ वर्षकी मिमा खडाराको मृत्यु भएको हो भने आज बुधबार पनि सोही गाँउपालिकाका ७० वर्षजतिका दलबहादुर रावलको मृत्यु भएको हो ।
गाउँपालिकामा अन्य भागमा पनि बिरामी रहेको सूचना अधिकारी कुमेरबहादुर शाहीले जनाएको छ ।उपचाररत १५–२० जनाको विस्तृत विवरण आउन बाँकी रहेको शाहीले बताएका छन् ।
बिरामीहरुको गाउँपालिकाको स्वास्थ चौकीमा उपचार भइरहेको उनले बताएका छन् ।