ललिता निवास जग्गा प्रकरण: गच्छदारविरुद्धको मुद्दामा सदनदेखि सडकसम्म कांग्रेसको विरोध

हेटौडा न्युज
२३ माघ २०७६, बिहीबार २०:१९
;

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले आन्दोलन थाल्ने भएको छ । पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोध साँध्न भ्रष्टाचार मुद्दा चलाएको भन्दै कांग्रेसले भ्रातृसंगठनहरुलाई परिचालन गरी त्यसको विरोध गर्ने निर्णय गरेको हो । 
गच्छदारविरुद्धको मुद्दाको विरोधमा कांग्रेसले सदन अवरुद्ध गरिसकेको छ ।

पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको वरिष्ठ वकिलसहितको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । पार्टी पदाधिकारीको बैठकले भ्रातृसंस्था परिचालन गर्ने निर्णयसँगै भ्रातृसंस्थाका पदाधिकारीको बैठक आजै दिउँसो ३ बजेलाई आह्वान गरिएको कांग्रेसले जनाएको छ ।

ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्रीसमेत रहेका उपसभापति गच्छदारसहित १ सय ७५ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विषेश अदालतमा मुद्दा दायर गरेको छ ।  अख्तियारले तत्कालिन विभागीय मन्त्री रहेकोले मुद्दा दायर गरेको होे ।

कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा   पूर्वप्रधानमन्त्री मुछिएका माधवकुमार नेपाल, मन्त्री परिषद्‍बाट निर्णय गराउने प्रधानमन्त्री, नेकपाका महासचिव विष्णु पौडेललाई  उन्मुक्ति दिइएको भन्दै विरोध जनाएको छ । अख्तियारले गच्छदारविरुद्ध ९ करोड ६५ लाख भ्रष्टाचार गरेको दाबी गरेको छ।  

यसमा तपाइको मत

Your email address will not be published.


*