चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा पुनः गौतम

हेटौडा न्युज
२६ माघ २०७६, आईतवार २३:०९
;

चलचित्र पत्रकार संघ मकवानपुरको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मणिराज गौतमको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा कपिल खड्का, सचिवमा श्रीराम अर्जुन दाहाल,कोषाध्यक्षमा मनोज देवकोटा र सहसचिवमा रविन्द्र गौतम चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सन्नु रिजाल, दर्शन क्षेत्रि, अमृता पराजुली र दिपक सिंह रुम्बा सर्वसम्मत चयन भएको निर्वाचन कमिटीका संयोजक गिरिजा अधिकारीले जानकारी दिए।  

यसअघि मोफसलमा चलचित्रको बिस्तारमा चलचित्रकर्मी र संचारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । बागमती प्रदेशका आन्तरिका मामिला तथा कानून मन्त्री सालिकराम जम्मकट्टेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, वर्तमान सदस्य नरेन्द्र महर्जन, प्रदेश पत्रकार महासंघका अध्यक्ष प्रताप विष्ट, जिल्ला अध्यक्ष हरि हुमागाई व्यवसायी कैलाश ढकाल तथा चलचित्र पत्रकार संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री जम्मकट्टेलले चलचित्र पत्रकारहरुको विकासका लागि मन्त्रालय र प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*