सानेपामा पूर्वसचिव कार्कीकी पत्नीको हत्या प्रयास

हेटौडा न्युज
२७ माघ २०७६, सोमबार १८:३८
;

पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको ललितपुरको सानेपामा हत्या गर्ने प्रयास गरिएको छ ।

सोमबार बिहान सानेपास्थित निवासमै मुनाको हत्या प्रयास भएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ ।
प्रहरीको अनुसार मुनाको अवस्था गम्भिर रहेको बताएको छ ।

उता घरमा कामदार विशेष चौधरीले भने आत्महत्या गरेका छन् ।

अहिले अपराध स्थलमा फरेन्सिक विज्ञको टोली पठाइँएको प्रहरीले बताएको छ । घटनामा कसले र किन गरायो भन्ने खुलेको  प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*