सरकारी आयोजनाको कार्यक्रम होटलमा गरे सिडियो नजाने

हेटौडा न्युज
२८ माघ २०७६, मंगलवार ००:१४
;

सरकारी कार्यालयको आयोजनामा महंगा होटल, रेष्टुरेन्टमा गरीएका कार्यक्रममा आफु नजाने  मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताएका छन् । सरकारी कार्यालयले होटलमा कार्यक्रम गर्दा फजुल खर्च हुने भएकाले त्यस्ता कार्यक्रममा आफु नजाने बताएका हुन् ।

मकवानपुरका स्थानीय तह, जिल्ला स्थित सरकारी कार्यालय, प्रदेश सरकारका धेरै कार्यक्रम आफ्नै कार्यालयका हल हुँदा पनि पनि हेटौंडाका महगा होटलमा कार्यक्रम गर्दा खर्च धेरै आउने र जनताको करबाट आएको रकमको दुरुपयोग हुने भएकाले यस्ता कार्य तत्काल रोक्न समेत आग्रह गरेका छन् । 

आफ्नै सभा हल नभएमा कुनै पनि सरकारी कार्यालयको हलमा गर्न मिल्ने कार्यक्रम पनि होटलमा गर्ने चलन मौलाउदै गएको बताएका छन् । यस्ता परिपाटीको अन्त्य गर्नका लागि आफुले यस्तो अभियान सुरु गरेको प्रजिअ भट्टको भनाइ रहेको छ । 

विगत दुईवर्ष देखि बागमती प्रदेश सरकारका धेरै कार्यक्रम हेटौंडाका महगा होटलमा गरेर बढि रकमको विल वनाउने परिपाटीलाई प्रजिअ भट्टको यो अभियानले गतिलो जवाफ दिएको सरोकारवालाहरुको भनाई रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*