विकासको काम नरोकिने गरी अनुसन्धान गर्न मुख्यमन्त्री पौडेलको आग्रह  

हेटौडा न्युज
२८ माघ २०७६, मंगलवार २२:४८
;

विकासको काममा बाधा पर्ने गरी अनुसन्धान गर्न मुख्यमन्त्री डोरमणि पौडेलले अख्तियालाई आग्रह गरेका छन् । अख्तियारको कामलाई सहयोग गर्न आफु तयार रहेको तर अख्तियारले पनि आतकं फैलाए जसरी विकासको काम नै रोक्ने गरी कार्य सम्पादन गर्न नहुने बताएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाले आफ्नो २९ औं स्थापना दिवस मनाउने क्रममा आयोगको क्षेत्रिय कार्यालय हेटौंडाको प्राङ्गणमा आयोग हेटौंडाका प्रमुख शिवकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रम बेल्दै  बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले भ्रष्ट्राचार न्युनिकरण गर्न प्रदेश सरकारले आयोगलाई सहयोग गर्ने प्रबिद्धता व्यक्त गरेका छन् । अख्तियारले अनुसन्धान गर्दा सम्बन्धित कार्यालयका कर्मचारीहरुमा त्रास फैलिएको र हुनुपर्ने काम समेत बाँकी कर्मचारीले नगर्ने स्थिति देखा परेका धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा आयोगका हेटौंडा प्रमुख कार्कीले विश्वका १ सय ८० राष्ट्र मध्ये भ्रष्ट्राचार हुने देशको सूचीमा केही सुधार हुँदै नेपाल १ सय १३ औं देश रहेको जानकारी दिएका थिए । कार्कीका अनुसार अघिल्लो बर्ष १ सय १७ औं नम्बरमा नेपाल रहेको थियो ।   आयोको स्थापना २०४७ साल माघ २८ गते भएको थियो । 

स्थापना दिवसको अवसरमा आयोजित कविता प्रतियोगिता, वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट भएकाहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विभिन्न जिल्लाका सुरक्षा प्रमुख, प्रशासनिक कार्यालयका प्रमुख, मकवानपुरका स्थानीय सरकार प्रमुख लगायतको सहभागिता रहेको थियो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*