बागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीमा रामेश्वर फुँयाल

हेटौडा न्युज
२९ माघ २०७६, बुधबार १७:३२
;

बागमती प्रदेश नेकपा संसदीय दलका मुख्य सचेतक  रामेश्वर फुयाँल भौतिक पूर्वाधारमन्त्रीमा नियुक्त भएका छन् ।  फुयाँलले  आजै  बुधबार अपराह्न ४ बजे सपथग्रहण गर्ने भएको स्रोतले जनाएको छ ।

तत्कालीन भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेपछि यो मन्त्रालय मुख्यमन्त्रीसँगै थियो ।

मुख्यमन्त्री कार्यालय  प्रधानमन्त्री केपी ओलीसँग केहीदिनअघि मुख्यमन्त्री पौडेलले भेटेर मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका थिए ।

२०५४ मा काठमाडौंको जिल्ला विकास समिति उपसभापति बनिसकेका फुयाँल साविक आलापोट गाविसको पूर्वअध्यक्षसमेत हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*