‘जनयुद्ध दिवस’ श्रद्धाञ्जली सभामा आइपुग्दा पनि पूर्वएमालेलाई स्वीकार्न गाह्रो
चुनावी गठबन्धन हुँदै तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकता भएको एक वर्ष बत्यो । तर, एकीकृत पार्टी नेकपाभित्र ‘जनयुद्ध’लाई हेर्ने दृष्टिकोणमा अझै एकरुपता आएको छैन ।
फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउँदै आएको तत्कालिन माओवादी समूह ‘श्रद्धाञ्जली सभा’मा आइपुग्दा एमाले पक्षले त्यसमा पनि खुलेर समर्थन गर्न सकेको छैन ।
जनयुद्ध सुरु भएको फागुन १ को स्मरणमा नेकपाले बिहीवार पार्टी मुख्यालय धुम्बाराहीमा ‘श्रद्धाञ्जली सभा’ ग¥यो । जहाँ मञ्चदेखि दर्शकदिर्घासम्म पूर्वमाओवादी पक्षकै नेता÷कार्यकर्ताको बहुल्यता थियो । प्रचार गरिएपनि प्रधानमन्त्रीसमेत रहेका केपी ओली समेत उपस्थित भएनन् भने जनयुद्ध जारी रहँदा तत्कालीन एमालेको नेतृत्व गरेका माधवकुमार नेपाल र झलनाथ खनाल पनि देखिएनन् ।
पार्टी नै एक भएपछि जनयुद्धको स्वामित्व सिङ्गो नेकपाले नै लिनुपर्ने माओवादी पक्षका कार्यकर्ताको भावना छ । तर, एमाले पक्षका कार्यकर्ता कुन पक्षका कति आए÷आएनन् भनेर हिसाव–किताव गर्नु नहुनेमा जोड दिन्छन् ।
आजभन्दा ठीक २५ वर्षअघि तत्कालीन नेकपा माओवादीले सशस्त्र जनयुद्धको घोषणा गर्दा तत्कालीन एमालेले त्यसलाई ‘क्रान्तिकारी लफ्फाजी’ भनेको थियो । जनयुद्धको अघिल्लो करिब ४ वर्षसम्म माओवादी र एमालेको सम्बन्ध आलोचनासँगै मित्रवत नै रह्यो । वि।स। २०५६ को आमनिर्वाचनका बेला माओवादीले तत्कालीन एमालेका रुकुमका उम्मेद्वार यदु गौतमको हत्यापछि यी दुई दलको सम्बन्ध शत्रुतामा बदलियो ।
जनयुद्धकालभर तत्कालीन एमालेका ३ सयभन्दा बढी नेता÷कार्यकर्ता माओवादीबाट मारिए । शत्रुतापूर्ण सम्बन्ध रहेपनि तत्कालीन विद्रोहीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन प्रारम्भिक प्रयास गरेको एमाले र माओवादी दुई वर्ष अगाडि एक त भए । तर, जनयुद्धको भावनालाई सिङ्गो पार्टीले सहर्ष स्वीकार्न भने सकेको छैन् ।
पार्टी एकतापछि विधान मस्यौदा गर्दा एमाले पक्षले ‘जनयुद्ध’ शब्दको सट्टा ‘सशस्त्र संघर्ष’ राख्न बल गरेको थियो । तर, चर्काचर्की नै भएपछि महाधिवेशनले व्याख्या गर्नुपर्ने भन्दै एमाले समूहले ‘जनयुद्ध’ स्वीका¥यो । तत्कालिन एमाले समूह जनयुद्धले बलमा प्राप्त उपलब्धी स्वीकारे पनि त्यसको महिमागान नै गर्न चाहिँ तयार छैन ।
महाधिवेशनसम्म तत्कालिन माओवादी समूहको चित्त नदुखाउन नै ‘श्रद्धाञ्जली सभा’ स्वीकारिएको भन्ने त्यो समूह जनयुद्ध छोडेर आएको तत्कालीन माओवादीसँग पार्टी एकता भएकाले पनि त्यसमा धेरै बहस आवश्यक नरहेको बताउँछ ।
स्रोतः news24nepal